सीमामा अलपत्र नेपालीलाई खाना खुवाउँदै भारतीय जिल्ला प्रमुख
गोरखापत्र अनलाइन ,
चैत्र २०, २०७६ बिहीबार
कोरोना भाइरस सङ्क्रमण भित्रिन नदिन नेपाल –भारतमा भइरहेको लक डाउनकाबीच सीमा नाकामा अलपत्र परेका नेपालीको भारतीय अधिकारीले स्वास्थ्य परीक्षण गरेर खाना खुवाउन थालेका छन् ।
पश्चिम नेपालको भारतीय सीमा नाकामा अलपत्र परेका नेपालीलाई भारतको पिथौरागढ जिल्ला प्रमुख डा. विजयकुमार जोदण्डे नेपालीलाई खाना खुवाउन आफै क्वारेन्टाईनमा पुग्नु भएको हो ।