‘मायाको सागरमा’ गीति एल्बमको विश्व रेकर्ड
गोरखापत्र अनलाइन ,
असार २१, २०७७ आईतवार
गीतकार डा. डीआर उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राख्नुभएको छ ।
सो एल्बमको गीत नेपाली, हिन्दी, चिनियाँ, जापानी, अंग्रेजी, रसियाली, कोरियाली, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ ।