बालबालिकालाई सिर्जनशील काममा कसरी लगाउने भन्ने चिन्तामा हुनुहुन्छ ?
शान्ति लामा
चैत्र २१, २०७६ शुक्रबार
कोरोना भाइरस संक्रमण रोक्न सरकारले अत्यावश्यक बाहेक बाहिर निस्कन निषेध गरेको छ । सबै विद्यालय पनि बन्द हुँदा बालबालिका घरमै छन् । यस्तो बेला बालबालिकालाई सिर्जनशील काममा कसरी लगाउने भन्ने चिन्तामा हुनुहुन्छ ?
त्यस्तो अभिभावकको चिन्ता मेटाउने गज्जबको काइदा निकाल्नुभएको छ, कलाकार तथा चित्रकलाका गुरु अजय देसारले । उहाँ हरेक दिन अनलाइनमार्फत बालबालिकालाई चित्रकला सिकाउनुहुन्छ । हरेक दिन अपराह्न २ बजेदेखि ३ बजेसम्म...