राष्ट्रिय अरनिको सम्मान–२०७७ तथा राष्ट्रिय ललितकला पुरस्कारको घोषणा
गोरखापत्र अनलाइन ,
असार ३, २०७७ बुधबार
वरिष्ठ कलाकार शङ्करनाथ रिमाल र शन्तकुमार शाक्यलाई राष्ट्रिय अरनिको सम्मान–२०७७ प्रदान गरिने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले बुधबार विभिन्न पुरस्कारको घोषणा गरेको हो । पुरस्कारको राशि एक लाख रुपियाँको रहेको छ ।
त्यस्तै, सात विधामा राष्ट्रिय ललितकला पुरस्कारको घोषणा गरिएको छ । जसअनुसार, मिलन शेरचन (हस्तकला), सुरेश लावट (परम्परागत मूर्तिकला), भुषण दुवाल (आधुनिक मूर्तिकला), गणेश जिसी (आधुनिक चित्रकला), कृष्णराम...