जीवनशैलीले बढ्दै ढाडको समस्या
गोरखापत्र अनलाइन
फाल्गुन २८, २०७८ शनिबार
ढाड दुख्नु आम सर्वसाधारणको समस्या बनेको छ। नेपालीको दैनिकीसँगै ढाड दुख्ने समस्या बढेको देखिन्छ। पछिल्लो समय नेपालीको दैनिकी फेरिएसँगै ढाड दुख्ने समस्या बढ्दै गएको देखिन्छ। यो समस्या नेपालीको मात्र होइन। तर, पछिल्लो समय नेपालमा पनि ढाड दुख्ने समस्या बढी नै देखिन थालेको छ। लगभग ८० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कम्तिमा एकपल्ट ढाडको तल्लो भाग दुख्ने समस्याको सामना गरिरहेको अध्ययनले देखाएको छ।