युक्रेनबाट ५३३ नेपाली सुरक्षित रूपमा बाहिरिए : परराष्ट्रमन्त्री खड्का
गोरखापत्र अनलाइन
फाल्गुन २३, २०७८ सोमबार
परराष्ट्रमन्त्री नारायण खड्काले युक्रेनबाट ५३३ नेपाली छिमेकी मुलुकमा पुगिसकेको जानकारी दिनुभयो । सोमबार मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खड्काले युक्रेनबाट ५३३ नेपाली सुरक्षित रुपमा बाहिरिएको बताउनुभएको हो । उहाँका अनुसार उद्धार गरिएकाहरुमध्ये ४२७ जना पोल्याण्ड र बाँकी अन्य देशमा सुरक्षित रहेका छन् ।