logo
२०८१ बैशाख ४ मंगलवार



गर्भवती महिलामाथि कुटपिट

खुला |
प्रदेश |
समाज |


गर्भवती महिलामाथि कुटपिट
फाइल तस्विर


माला कर्ण
कल्याणपुर, फागुन २३ गते । आरक्षमा दाउरा लिन गएकी गर्भवती महिलामाथि कुटपिट गरिएको छ । कुटपिट गर्ने आरक्षका कर्मचारीलाई कारवाही गर्ने कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयका संरक्षण अधिकृत रामचन्द्र खतिवडाले बताउनुभयो ।

कञ्चनरुप नगरपालिका ५ स्थित पथरी पोष्टमा आयोजित सर्वपक्षीय भेलामा संरक्षण अधिकृतले खतिवडाले महिलामाथि कुटपिट गर्ने कर्मचारीलाई लिखित स्पष्टीकरण लिने र कारवाही गर्ने बताउनुभयो । सो क्षेत्रभित्र दाउरा लिन गएकी पुकार सरदारका पत्नी सरस्वतीदेवी सरदारको पथरी पोष्ट गेम स्काउटका सञ्जय चौधरीले कुटपिट गरी घाते बनाएका थिए ।

कुटपिटले उहाँ घाइते हुनुभएको छ । पीडित महिला ६ महिनाकी गर्भवती रहेको स्थानीयले बताएका छन् । आरक्षका संरक्षण अधिकृत खतिवडाले निषेधित क्षेत्रभित्र विनाअनुमति प्रवेश गर्दा आरक्षका कर्मचारी र सेनासँग संयमताका साथ प्रस्तुत हुन आग्रह गर्नुभयो ।

घाइते महिलाको औषधीउपचार खर्च व्यहोर्ने र दोषी कर्मचारीलाई कारवाही गर्ने सहमति भएपछि घटना मिलेको बताइएको छ । बैठकमा कञ्चनरुप नगरपालिका ५ का वडाध्यक्ष कैलाश साह, जसपा कञ्चनरुप ननगरपालिकाका उपाध्यक्ष कल्पना चौधरी, शोभा पासवान, भरत साह, रामेश्वर सरदारलगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?