शिक्षकलाई राजनीति नगर्न शिक्षामन्त्रीको निर्देशन
गोरखापत्र अनलाइन
चैत्र २७, २०७८ आइतवार
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देबेन्द्र पौडलले शिक्षकहरुले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा राजनीतिमा सक्रिय नहुन निर्देशन दिनुभएको छ । बाह्रबिसे नगरपालिका–३ मा एकीकृत अखिल नेपाल शिक्षक संगठनको दोश्रो जिल्ला अधिबेशनलाई सम्बोधन गर्दे मन्त्री पौडलले शिक्षकहरु राजनीतिमा सक्रिय हुँदा शैक्षिक गुणस्तर खस्किएको जानकारी दिनुभएको हो ।