logo
२०८१ बैशाख २० बिहीवार



निर्वाचनका लागि मुस्ताङमा सुरक्षा व्यवस्था चुस्त

खुला |
प्रदेश |


निर्वाचनका लागि मुस्ताङमा सुरक्षा व्यवस्था चुस्त
फाइल तस्विर


अमृतप्रसाद पौडेल
बेनी, चैत २७ गते । हिमालपारीको जिल्ला मुस्ताङमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक पर्ने सुरक्षा व्यवस्था चुस्त पारिएको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार अहिले ३८ स्थानका मतदान केन्द्रमध्ये सबैजसो मतदानस्थलको स्थलगत निरीक्षण सकिएको छ ।

सुरक्षा संवेदनशीलताकाे सूक्ष्म अध्ययन गर्ने र सोहीअनुसार योजना बनाएर अगाडि बढिएको शर्माको भनाइ छ । प्रजिअ शर्माले भन्नुभयो “जिल्लाका तल्लो भेगका थासाङ गाउँपालिका, घरपझोङ गाउँपालिका तथा बाह्रगुङ मुक्तीक्षेत्र गाउँपालिकाका सबै मतदान केन्द्रमा स्थलगत अनुगमन भइसकेको बताइएको छ । माथिल्लो भेगको लो–घेकर दामोदर कुण्ड गाउँपालिका र लोमन्थाङ गाउँपालिकाको पनि आंशिक रुपमा मतदान केन्द्रको अनुगमन भइसकेको छ । सबै स्थानमा एउटा मात्रै मतदान केन्द्र रहेको प्रजिअ शर्माले बताउनुभयो ।

जिल्ला निर्वाचन कार्यालय मुस्ताङका कार्यालय प्रमुख मदन अर्यालकाअनुसार जिल्लामा १० हजार चारसय ८५ जना मतदाता कायम भएका छन् । पाँच हजार एकसय २८ पुरुष, पाँच हजार तीनसय ५६ महिला र एक जना अन्य मतदाता रहेका छन् । जिल्लाको थासाङ गाउँपालिकामा पुरुष १ हजार ३ सय ८०, महिला १ हजार तीन सय ६६ र अन्य १ जना छन् ।

त्यस्तै घरपझोङ गाउँपालिकामा पुरुष एक हजार ५९, महिला एक हजार २५, बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा पुरुष एक हजार ५६, महिला एक हजार एकसय ८८, लोघेकर दामोदर कुण्डा गाउँपालिकाम सातसय सात पुरुष, सात सय ५५ महिला र लोमन्थाङ गाउँपालिकामा पुरुष नौ सय २६ एवम् महिला एक हजार २२ जना रहेको अर्यालले बताउनुभयो ।

मुस्ताङमा राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित अरु छ वटा दलले निर्वाचनमा भाग लिन दल दर्ता गराएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी, सामाजिक एकता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेपाली काँग्रेस बीपी, नेपाल कम्युनिष्ट पार्टी समाजबादी दर्ता भएका छन् ।

मुस्ताङका लागि प्रहरी प्रधान कार्यालयले तोकेको दुई सय ५६ जना म्यादी प्रहरी आवश्यक हुने भए पनि दुई सय ३० जनाले म्यादी छनाेटमा उत्तीर्ण गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । आवश्यक पर्ने अन्य म्यादी छिमेकी जिल्लाबाट मगाइने कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?