logo
२०८१ बैशाख २१ शुक्रवार



विश्व टेबल टेनिस दिवस २०२२ कार्यक्रम सम्पन्न

खेलकुद |


विश्व टेबल टेनिस दिवस २०२२ कार्यक्रम सम्पन्न


काठमाडौँ, चैत २७ गते । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउन्डेसन, जर्मनीद्वारा नियुक्त आधिकारिक प्रमोटर नरेश रावलले नेपालमा “विश्व टेबल टेनिस दिवस २०२२ कार्यक्रम सम्पन्न गर्नुभएको छ । आई टी टी एफ 'लेबल टु' अन्तर्राष्ट्रिय टेबल टेनिस कोच र अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका रावलले “पिङपोङ कूटनीति“ मा आधारित एक हप्ताको कार्यक्रम डिजाइन र कार्यान्वयन गर्नुभएको थियो ।

रावलद्वारा सञ्चालित स्ट्याग सरोज टेबल टेनिस फर अल क्लबमा भएको सो कार्यक्रममा करिब एक सय टेबलटेनिस खेलाडीहरुको सहभागिता थियो । सहभागीलाई टेबलटेनिस ब्याट, टिसर्ट, बल आदि समेत वितरण गरिएको थियो ।

सो कार्यक्रममा ब्याट बल नियन्त्रण गतिविधि, स्ट्रोक खेल्ने दृश्य प्रदर्शन, मनोरञ्जनात्मक गतिविधि, शारीरिक सन्तुलन गतिविधि कार्यक्रमका केही विशेषता थिए । कार्यक्रमको अन्तिम दिनमा सहभागी छात्रछात्राबीच प्रतियोगिता गरिएको थियो ।

अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गर्नुभयो । यस वर्ष आईटीटी एफ फाउन्डेसन, जर्मनीले आधिकारिक प्रमोटरका रूपमा विश्वभरिका २५ प्रशिक्षकलाई छनोट गरेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?