सवारी दुर्घटना न्यूनीकरण गर्न आग्रह
गोरखापत्र अनलाइन
चैत्र २८, २०७८ सोमबार
गृहमन्त्री बालकृष्ण खाणले सवारी दुर्घटना न्यूनीकरणका लागि यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आइतबार उद्घाटन गर्दै उहाँले भन्नुभयो, “सवारी दुर्घटनालाई न्यूनीकरण गर्नैपर्छ । यातायात व्यवसायलाई सुरक्षित र सम्मानित पेसा बनाउनुपर्छ ।”