बैतडीमा युवाको मृत्यु, क्वारेन्टाइनमा मृत्यु हुनेको सङ्ख्या तीन पुग्यो
गोरखापत्र अनलाइन
जेष्ठ २५, २०७७ आईतवार
बैतडीकाे एक क्वारेन्टाइनमा बसेका ३१ वर्षीय युवाको मृत्यु भएको छ । भारतबाट आएर क्वारेन्टाइनमा बसेका बैतडीको पाटन नगरपालिका–६, का ३१ वर्षीय युवाको हिजो शनिबार साँझ मृत्यु भएको हो ।
बैतडीमा लकडाउनपछि भारतबाट आएर क्वारेन्टाइनमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । क्वारेन्टाइनमा रहेका दीर्घरोगी, गर्भवती महिला र बालबालिका जोखिममा परेका छन् ।