काेराेना परीक्षण सामग्री खरिद गर्दै अछामका स्थानीय तह
गोरखापत्र अनलाइन
जेष्ठ २५, २०७७ आईतवार
कोरोना आशङ्का गरिएका व्यक्तिको परीक्षणमा आवश्यक पीसीआर र आरडीटी किट चरम अभाव भएपछि अछामका स्थानीय तह आफैँ खरिद गर्न थालेका छन् । तुर्माखाँद, ढकारी, मेल्लेख चौरपाटी, बान्नीगढी जयगढगाउँपालिका र कमलबजार नगरपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम र आरडीटी किट किन्न थालेका हुन् । स्थानीय तहले बढीमा एक हजारदेखि कम्तीमा डेढसय र्यापिड डाइग्नाेसिस टेष्ट (आरडीटी) किट र पीसीआर किनेका छन् ।