अछाममा एम्बुलेन्स चालकसहित १० जनामा कोरोना सङ्क्रमण
गोरखापत्र अनलाइन
जेष्ठ २०, २०७७ मंगलवार
अछाममा एकै दिन १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्केर मेल्लेख गाउँपालिका–४ कुष्कोटको क्वारेन्टानमा रहेका आठ र एम्बुलेन्स चालक २३ वर्षीयलाई कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।
कुष्कोटको तीन स्थानका क्वारेन्टाइनमा रहेका ३०, २२, २९, ४०, ३५, २७, २४ पुरुष र २७ वर्षीया महिलामा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय, अछामका सूचना अधिकारी देव जोशीले जानकारी दिनुभयो ।