सीमामा अलपत्र नेपाली एक हजार रुपियाँ तिरेर नेपाल भित्रिदै
गोरखापत्र अनलाइन
चैत्र १७, २०७६ सोमबार
भारतका विभिन्न सहरबाट हिँडेर सीमा नाका झुलाघछट आईपुगेको सुदूरपश्चिमका विभिन्न जिल्लाका नेपाली एक हजार रुपियाँ तिरेर ट्युबमा जोखिम मोलेर नेपाल भित्रिन थालेका छन् ।
लकडाउन भएको एक साता बितिसक्दा पनि रोजगारीका लागि भारत गएका नेपालीहरुको ठूलो संख्या हिँडेर सीमा नाकामा पुग्ने क्रम रोकिएको छैन ।