logo
२०८१ मंसिर ११ मंगलवार



प्रयोगशाला परीक्षण मेसिन भैरहवा ल्याइयो

खुला |


प्रयोगशाला परीक्षण मेसिन भैरहवा ल्याइयो


लक्ष्मण पौडेल

भैरहवा, चैत १८ गते । भैरहवामा बनाउन लागिएको प्रदेशस्तरीय कोरोना प्रयोगशाला परीक्षणका लागि मंगलबार पिसिआर मेसिन ल्याइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोना परीक्षणका लागि सातै प्रदेशमा प्रयोगशाला विज्ञ तोकिसकेको छ । प्रदेश ५ को भैरहवाका लागि पनि तीनजना विशेषज्ञ तोकिएको छ ।

पिसिआर मेसिन आइसकेकाले भैरहवास्थित गहुँबाली अनुसन्धान केन्द्रको परिसरमा प्रयोगशाला निर्माण गर्नेगरी अव उपकरणण जडानको काम गरिने प्रदेश स्वास्थ्य निर्देशनालयका प्रवक्ता वरिष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरीले बताउनुभयो । “दुई–तीन दिनमा उपकरण जडानको काम सकिएर प्रयोगशाला सञ्चालनमा आउँछ, यसका लागि काठमाडौंबाट विशेषज्ञ प्राविधिक टोली आउँदैछ” - उहाँले भन्नुभयो ।

गहुँबाली अनुसन्धान केन्द्रमा उपकरण राखेर काम गर्नेगरी सबै तयारी पूरा भएको पनि उहाँले बताउनुभयो । प्रदेश ५ का प्रयोगशाला परीक्षणका लागि तीनजना विज्ञ तोकिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले विष्णु रायमाझी, रामबहादुर खड्का र खेमध्वज कार्कीलाई विज्ञको रुपमा तोकेको छ । यसअघि सोमबार बसेको प्रदेश ५ मन्त्रिपरिषदको बैठकले भैरहवामा प्रदेशस्तरीय कोरोना परीक्षण प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो ।

मेसिन जनाड भइसकेपछि कोरोनाको आशंकामा आइसोलेसनमा राखिएका बिरामीको नमूना संकलन गरी यहींबाट परीक्षण हुने र तत्कालै रिपोर्ट आउने स्वास्थ्य निर्देशनालयका प्रवक्ता चौधरीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?