सञ्चारकर्मी र सुरक्षाकर्मीलाई मास्क तथा सेनिटाइजर वितरण
गोरखापत्र अनलाइन
चैत्र १६, २०७६ आईतवार
कोरोना भाइरस (कोभिड १९)को संभावित जोखिमलाई न्यूनीकरण गर्नका लागि नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले सञ्चारकर्मी र सुरक्षाकर्मीहरुलाई मास्क तथा सेनिटाइजर वितरण गरेका छन् ।
नेपाल पत्रकार महासंघको ६५ औं स्थापना दिवसको अवसरमा आईतवार महासंघले जिल्लाका सञ्चारकर्मीहरुलाई मास्क, सेनिटाईजर, पञ्जा बितरण गुर्नुका साथै सुरक्षाकर्मीहरुलाई मास्क, पञ्जा, फ्रुटी र पानी समेत वितरण गरेका हुन् ।