‘आफ्नो जमिन फिर्ता गराएरै छाड्छौं, तर लडेर, झगडा गरेर होइन’ - सञ्चारमन्त्री बाँस्कोटा
गोरखापत्र अनलाइन
मंसिर ८, २०७६ आईतवार
सूचना तथा सञ्चार प्रविधीमन्त्री गोकुल बाँस्कोटाले सरकारले राष्ट्रियताको पक्षमा शिर उच्च बनाएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले मुन्टो लुकाएर राष्ट्रियताको पक्षमा हिँड्नुपर्ने कुनै काम नगरेको बताउनुभयो ।