दुर्गम गाउँमा बन्यो नेपालकै अग्लो लिफ्ट खानेपानी योजना !
गोरखापत्र अनलाइन
मंसिर १, २०७६ आईतवार
समुद्री सतहबाट दुई हजार दुईसय मिटर अग्लो न्वालपानी गाउँमा खानेपानीको हाहाकार हुँदा गाउँनै विस्थापित हुने अवस्था आएपछि नेपाल सरकारले तीन करोड ५० लाखको लगानीमा नेपालकै अग्लो सोलार लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण गरेको छ ।