२५ वर्ष भयाे, अनुहार चाहुरियाे, आखाँ धमिलिए तर परदेशी फर्किएन
गोरखापत्र अनलाइन
मंसिर १३, २०७६ शुक्रबार
गाउँमा कुनै रोजगारी नहुँदा सिगास गाउँपालिकाबाट रोजगारीका लागि भारत जानेहरुको संख्या अहिले पनि उत्तिकै छ । कामको लागि भारत जानेहरुसंग पतिको कतै खबर पाईन्छ कि भनेर जसु ऐरी अहिले पनि भारतबाट घर फर्किनेहरुलाई भेट्न जानु हुनुहुन्छ । कतै नभेटिएन र पत्ता नलागेको कुरा सुनेर निराश हुँदै ऐरी घर फर्किने गर्नुहुन्छ ।