नवौं राष्ट्रियको कार्यविधि र बजेटको खाका तयार गरिने
गोरखापत्र अनलाइन
फाल्गुन ६, २०७८ शुक्रबार
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कार्यकारी समितिको बैठकले एक वर्षअघि नै सम्पन्न हुनु पर्ने नवौँ राष्ट्रिय खेलकुद कोभिड–१९ का कारण सम्भव नभएकाले यसै वर्ष नवौँ राष्ट्रिय खेलकुद आयोजना सम्बन्धी समय निर्धारण, आयोजना तथा व्यवस्थापन कार्यविधि र बजेट व्यवस्थाको खाका तयारीका लागि अविलम्ब युवा तथा खेलकुद मन्त्रालयमा अनुरोध गर्ने निर्णय गरेको छ ।