logo
२०८१ जेष्ठ १ मंगलवार



नक्कली नोट बरामद

राष्ट्रिय |


नक्कली नोट बरामद


जनार्जन खत्री सर्लाही, फागुन ६ गते। सर्लाहीको बरहथवा नगरपालिका–९ मूर्तियाबाट नक्कली नोट बरामद भएको छ। हजार रुपियाँका दुईवटा नोट फोटोकपी गरेको र सोही साइजका सय वटाका दरले १८ वटा गड्डी कालो कागज बरामद भएको हो। १८०० पिस कालो कागज पनि नक्कली नोट बनाउनकै लागि प्रयोग गर्न लागिएको हुनसक्ने सशस्त्र प्रहरीले शंका गरेको छ। बिहीबार बरहथवा नगरपालिका–९, स्थित वडा कार्यालय नजिकै परालको थुप्रोमा स्थानीयवासीले शङ्कास्पद प्लाष्टिकको पोका छ भन्ने खबर गरेपछि सशस्त्र प्रहरीको टोली पुगेको थियो। उक्त शङ्कास्पद पोका खोलेर हेर्दा नक्कली नोट भेटिएको थियो। नक्कली नोट कसले त्यहाँ राखेको हो ? भन्ने खुल्न सकेको छैन्। बरामद नक्कली नोट र कालो कागज थप अनुसन्धानका लागि शुक्रबार दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा बुझाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?