उपत्यकाको तुवाँलाे शुक्रबारसम्म रहने, पानी परे सफा हुने (फाेटाे फिचर)
आशा साह
चैत्र १६, २०७८ बुधबार
काठमाडौं उपत्यकाको आकाशमा देखिएको तुवाँलो शुक्रबारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् मन्जु वासीले विहारको आसपासतिर बनेको न्यून चापीय क्षेत्रको कारणले गर्दा नेपालको आकाशमा तुवाँलो र बदलीको अवस्था रहेको बताउनुभयो । ‘तीन–चार दिनदेखि पानी नपर्दा वायुमण्डलमा भएका धुँवाका कणमाथि फैलिन पाएको छैन । त्यही भएर तुवाँलो लागिरहेको छ, जसले गर्दा भिजिबिलिटी कम भैरहेको छ ।,’ उहाँले भन्नुभयो...