ग्रामीण सडकमा मनपरी भाडादर, उपभोक्ता ठगिए
गोरखापत्र अनलाइन ,
भाद्र २२, २०७६ आईतवार
पर्वतका विभिन्न ग्रामीण सडकमा चल्ने सवारीहरुले मनपरी भाडा असुल्दा सर्वसाधारण मर्कामा परेका छन् । जिल्लाका अधिकांस स्थानीय रुटमा चल्ने सवारी साधनहरुले तोकिए भन्दा ५ गुणा बढि भाडा असुल गर्ने गरेको भए पनि सम्बन्धित निकायको ध्यान नजाँदा सर्वसाधारण ठगिने क्रम बढेको छ ।