रोजगारका अवसर प्रदान गर्न आग्रह
गोरखापत्र अनलाइन
पुष २१, २०७८ बुधबार
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न फ्रान्सका राजदूत गिल्स बुर्बाओसँग आग्रह गर्नुभएको छ ।
मन्त्रालयमा मङ्गलबार नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेटको क्रममा यस्तो आग्रह गर्नुुभएको हो ।