पाँच महिनामा १४ करोड बराबरको नून बिक्री
रासस
पुष १४, २०७८ बुधबार
साल्टटे«डिङ कर्पोरिशन लिमिटेड प्रदेश नं २ कार्यालयले चालू आर्थिक वर्षको पछिल्लो पाँच महिनाका अवधिमा कुल १४ करोड मूल्य बराबरको नूनजन्य सामग्री बिक्री गर्न सफल भएको छ ।
कार्यालयका अनुसार आव २०७८/७९ साउनदेखि मङ्सिर मसान्तसम्मका अवधिमा कूल १४ करोड ३५ लाख २५ हजार ३२५ बराबरको नूनजन्य सामग्री बिक्री गरेको थियो । कार्यालय प्रमुख अमोज लामिछानेले गत आर्थिक वर्ष २०७७/७८ मा २७ करोड १० लाख ५५ हजार ८५० बराबरको नूनजन्य सामग्री...