चिसो बढेपछि बेँसी झारिए भेडाबाख्रा
गोरखापत्र अनलाइन
मंसिर १९, २०७८ आइतवार
बिहीबार साँझदेखि कालीकोटलगायत उच्च हिमाली क्षेत्रमा वर्षा र हिमपात हुँदा चिसो निकै बढेको छ । चिसो बढेपछि त्यहाँ पालिँदै आएका भेडाबाख्रा बेँसी सार्न थालिएको छ ।
कालीकोटको रास्कोट नगर क्षेत्रको चडिपानी, सान्नीत्रिवेणी गाउँपालिकाको उपियाँडाँडा, नदै, मालिवन क्षेत्रमा राखिएका भेडा औल (गाउँ)तिर सारिन थालिएको हो ।