आय बढेपछि बाख्रापालनमा आकर्षण
गोरखापत्र अनलाइन
मंसिर २१, २०७८ मंगलवार
बाख्रापालनबाट राम्रो आम्दानी हुन थालेपछि सर्लाहीका किसान यसतर्फ आकर्षित भएका छन् ।
जिल्लामा पछिल्लो समय बाख्रपालन गर्ने किसानको सङ्ख्या उल्लेख्य वृद्धि भएको छ । बाख्राबाट आम्दानी बढेपछि घरव्यवहार धान्न पनि सजिलो हुने गरेको किसानले बताएका छन् ।
खेतीपातीसँगै बाख्रापालन पनि गर्दै आइरहनुभएका ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरका किसान भीमसेन थापाले भन्नुभयो, “बाख्राबाट घरखर्च चलाउन सारै सजिलो भइरहेको छ, गोठमा रहेका...