रोजगारी अभियान सञ्चालन गरिने
गोरखापत्र अनलाइन
मंसिर १३, २०७८ सोमबार
अर्थमन्त्री जनार्दन शर्माले कृषि सहकार्य समूह, उत्पादन समूह, श्रम सहकारीमार्फत उत्पादन र रोजगारीको अभियान सञ्चालन गरिने बताउनुभएको छ । रुकुममा आयोजित एक कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाका लागि सरकारले हरेक विद्यालयहरूलाई उद्यमशील बनाउने नीतिअन्तर्गत सरकारले पढ्दै कमाउँदै कार्यक्रम ल्याएको जानकारी दिनुभयो ।