ऊर्जामन्त्रीद्वारा तनहुँ जलविद्युत्को निरीक्षण
गोरखापत्र अनलाइन
मंसिर १४, २०७८ मंगलवार
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सोमबार निर्माणाधीन १४० मेगावाट क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको स्थलगत निरीक्षण गर्नुभएको छ । उहाँले नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माणस्थल र निर्माणाधीन भूमिगत विद्युत्गृह, टेलरेस, सुरुङलगायतका संरचनाको निरीक्षण गर्नुभएको तनहुँ जलविद्युत् कम्पनीले जनाएको छ ।