आर्थिक पुनरुत्थानमा निजी क्षेत्रको भूमिका धेरै
गोरखापत्र अनलाइन
मंसिर ९, २०७८ बिहीबार
अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक पुनरुत्थानमा निजी क्षेत्रले अझै धेरै भूमिका खेल्न सक्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले बुधबार राजधानीमा आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक निजी साझेदारीको अवधारणाअनुरूप निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत हात हाल्नुपर्ने र यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताउनुभएको हो ।