नेप्सेमा उच्च अङ्कको गिरावट
रासस
मंसिर ७, २०७८ मंगलवार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उच्च अङ्कले घटेको छ । सोमबार झिनो अङ्कले सुधार भएको नेप्से परिसूचक मङ्गलबार ३२.२९ अङ्कले घटी दुई हजार ७३३.१४ मा ओर्लेको हो ।
यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.९८ अङ्कले घटेर ५१५.४८ मा सीमित भएको छ । नेप्से परिसूचक ओरालो लागेसँगै कारोबार रकम पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल २२७ कम्पनीको ७४ लाख ४८ हजार ३६६ कित्ता शेयर रु चार...