कफीको माग उच्च, उत्पादन बढेन
सीता शर्मा
मंसिर १, २०७८ बुधबार
नेपालमा उत्पादित कफीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च रहे पनि यसको उत्पादन बढ्न सकेको छैन । सरकारको प्राथमिकतामा नपर्दा कफी उत्पादन बढाउन नसकिएको सरोकारवालाहरूको गुनासो छ ।
राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार चार दशकअघि गुल्मीबाट नेपालमा व्यावसायिक रूपमा कफी उत्पादन सुरु गरिएको हो । अहिलेसम्म नेपालमा वार्षिक ३१४.५ मेट्रिक टन मात्र कफी उत्पादन भएको तथ्याङ्क पाइन्छ ।
नेपालमा उत्पादित कफीलाई विश्व बजारले...