बीमा क्षेत्रकै साखमा क्षति
भेषराज बेल्बासे
कार्तिक २९, २०७८ सोमबार
लामो समयसम्म कोरोना बीमा दाबी भुक्तानी नहुँदा सर्वसाधारणमा समग्र बीमा व्यवसायप्रति नै नकारात्मक सन्देश जान थालेको छ । नेपालमा कोरोना सङ्क्रमण सुरु भएपछि सङ्क्रमितलाई पौष्टिक आहारका लागि आर्थिक सहयोग हुने भन्दै सङ्क्रमणलगत्तै रकम दिनेगरी सञ्चालनमा ल्याएको कोरोना बीमा कार्यक्रमले सुरुवातमा राम्रै चर्चा बटुुल्यो ।
सङ्क्रमितको सङ्ख्या बढ्दै जाँदा कोरोना बीमा गर्नेको सङ्ख्या पनि ह्वात्तै बढ्यो तर बीमालेख र बीमा...