नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो
रासस
कार्तिक १५, २०७८ सोमबार
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले ओरालो लागेको छ । आइतबार उच्च अङ्कले बढेको नेप्से परिसूचक आज भने १७.७५ अङ्कले घटेर दुई हजार ८१९.८६ मा ओर्लिएको हो । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८८ अङ्कले घटेर ५२८.५८ मा ओर्लेको हो ।