बैङ्क तथा वित्तीय संस्थाको पहुँच सबभन्दा बढी बागमती प्रदेशमा
गोरखापत्र अनलाइन
कार्तिक १७, २०७८ बुधबार
बैङ्क तथा वित्तीय संस्थामा पहुँच तथा साधन परिचालनका दृष्टिले अन्य प्रदेशका तुलनामा बागमती प्रदेशमा बढी केन्द्रित रहेको एक अध्ययनले देखाएको छ ।
नेपाल राष्ट्र बैङ्कबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थामा पहँुच तथा साधन परिचालन बागमती प्रदेशमा अधिक देखिएको छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा न्यून देखिएको हो ।
राष्ट्र बैङ्कले गरेको ‘नेपालको सङ्घीय संरचनाअन्तर्गत वित्तीय क्षेत्रको...