माग धान्ने उत्पादन छ, प्रशारणमा समस्या नआए सहज हुन्छ : प्राधिकरण
गोरखापत्र अनलाइन
कार्तिक १४, २०७८ आईतवार
दीपावलीमा विजुलीको माग बडी हुने भए पनि ग्राहकका लागि पर्याप्त विजुली वितरण गर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । औसत माग भन्दा तीन सय मेगावाट विद्युत जगेडा रहेकाले दीपावलीका बेला विजुली आपूर्तिमा कुनै पनि समस्या नहुने प्राधिकरणका प्रवक्ता सुरेसबहादुर भटट्राईले बताउनुभयो ।