‘किसानको समृद्धिबिना देश समृद्ध हुँदैन’
गोरखापत्र अनलाइन
कार्तिक १३, २०७८ शनिबार
कृषि तथा पशुपन्छी विकासमन्त्री महिन्द्रराय यादवले किसानको समृद्धिबिना देश समृद्ध नहुने बताउनुभएको छ । किसानलाई समृद्ध बनाए कृषिमा आत्मनिर्भर हुन्छ, त्यसपछि मात्र देश समृद्ध हुने बताउँदै उहाँले किसानको समृद्धिमा जोड दिनुभयो ।
‘हाम्रो पहल :उत्पादन र पोषणमा वृद्धि, पर्यावरण संरक्षण र जनजीविकामा समृद्धि’ भन्ने नाराका साथ शनिबार मनाएको ४१औँ विश्व खाद्य दिवस कार्यक्रममा उहाँले सरकारले बाढीबाट पीडित किसानका लागि...