वैदेशिक रोजगार सुरक्षित बनाइने
गोरखापत्र अनलाइन
कार्तिक १२, २०७८ शुक्रबार
संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित र व्यवस्थित गर्ने अभियान अघि बढाइएको जानकारी दिनुभएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) भ्रमणमा रहनुभएका श्रममन्त्री श्रेष्ठले आबुधाबीस्थित नेपाली दूतावासद्वारा आयोजित अन्तरक्रियामा उक्त जानकारी दिनुभएको हो ।