कात्तिकभित्र पोल भाडा सम्झौता गर्न प्राधिकरणको निर्देशन
रासस
कार्तिक ११, २०७८ बिहीबार
नेपाल दूरसञ्चार प्राधिकरणले कात्तिक मसान्तभित्र पोल भाडा सम्झौता गर्न इन्टरनेट सेवाप्रदायक संस्थालाई निर्देशन दिएको छ ।
प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै नेपाल विद्युत प्राधिकरणसँग पोल भाडा सम्झौता गर्न निर्देशन दिएको हो । ‘नेपाल विद्युत प्राधिकरणसँग सम्झौता नगरी टेलिफोन/इन्टरनेट सेवा सञ्चालन गरिरहेका सेवा प्रदायकले विद्युतका पोल प्रयोग गरेको स्थान, परिमाण र अवधि स्वय घोषणा गरी यही कात्तिक मसान्तभित्र...