युएईमा कामदार पठाउने विषयमा छलफल
गोरखापत्र अनलाइन
कार्तिक ११, २०७८ बिहीबार
संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र यूएईका मानव संशाधन मन्त्री डा. अब्दुलरहमान अब्दुलमानन अल अवारबीच बुधबार भेटवार्ता भएको छ ।
भेटमा मन्त्री श्रेष्ठले युएईमा कार्यरत नेपाली श्रमिकको हकहित र सामाजिक सुरक्षाका विषयमा युएईका मानव संशाधन मन्त्री अवारसँग छलफल गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।