पाक्न लागेको लाखौं मूल्यको सनपाट बाढीले बगायो
गोरखापत्र अनलाइन
कार्तिक ९, २०७८ मंगलवार
दक्षिणी मोरङको धनपालथान ७, कदमाहाका किसान यतिबेला पुर्पुरोमा हात लगाएर बस्न बाध्य छन् । गत बुधबार मध्यरातमा आएको लोहोन्द्रा खोलाको बाढीले खाडीमा तोपेको सनपाट सबै बगाएपछि उनीहरू पुर्पुरोमा हात लगाएर बस्न बाध्य भएका हुनु् ।