मङ्सिरदेखि बिजुलीको नयाँ दर
गोरखापत्र अनलाइन
कार्तिक १०, २०७८ बुधबार
मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले मंगलबार आयोजित एक कार्यक्रममा पनि मङ्सिरदेखि नयाँ दर लागु हुने जानकारी दिनुभएको छ ।
मङ्सिर १ देखि सस्तो दरमा बिजुली दिँदै छौँ, उहाँले भन्नुभयो, “यो महसुलले साना तथा ठूला विद्युतीय सवारी चलाउनदेखि...