तीन प्रदेशमा दुई लाख ५८ हजार मेट्रिकटन धान नष्ट
विष्णु पाण्डेय
कार्तिक ५, २०७८ शुक्रबार
आइतबारदेखि परेको अविरल बर्षाका कारण धानबालीमा परेको क्षतिबारे प्ररम्भिक विवरणहरु आउन थालेका छन् । हालसम्म प्राप्त विवरणमा तीन वटा प्रदेशमा मात्रै सात अर्ब २२ करोड रुपैयाँ बराबारको धानबाली नष्ट भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले दिएको जानकारी अनुसार सुदूरपश्चिम,लुम्बिनी र प्रदेश १ बाट प्राप्त प्रारम्भिक विवरण अनुसार उक्त क्षति भएको हो ।