किसानका पीडा : के खाएर बाँच्ने होला ?
रासस
कार्तिक ४, २०७८ बिहीबार
जानकी गाउँपालिका–८ का लालवीरे कामीले दशैंको पछिल्लो दिन आठ कामदार लगाएर दुई बिघामा लगाएको धान कटाउनुभयो । प्रतिव्यक्ति रु ५०० का दरले उहाँले ज्याला बापत रु. चार हजार तिर्नुप¥यो । उहाँले धान कटाए पनि भित्र्याउन भने पाउनुभएन ।
“गत वर्षको भन्दा धान राम्रो थियो । यस वर्ष उत्पादन राम्रो हुन्छ भन्ने अपेक्षा थियो”, उहाँले भन्नुभयो, “खेतमा लगाएको एक दाना धान पनि भित्र्याउन पाइएन । सबै बाढीले बगायो । अब के खुवाएर परिवार पाल्ने...