बैङ्कहरुले ब्याजदर बढाए, कुनमा कति ब्याजदर ?
गोरखापत्र अनलाइन
कार्तिक २, २०७८ मंगलवार
आर्थिक वर्षको दोस्रो त्रैमास सुरु भएसँग बैङ्कहरूले धमाधम बचत तथा मुद्दतीको ब्याजदर बढाउन थालेका छन् । सोमबार बैङ्कहरूले सार्वजनिक गरेका सूचनाका आधारमा बैङ्कहरूले मुद्दतीको ब्याजदर बढाएर ११.६७ प्रतिशतसम्म
पु¥याएका छन् । बैङ्कहरूमा तरलताको अभाव हुन थालेपछि भएको बचतलाई आफ्नैमा राख्न र अन्य बैङ्कको बचत पनि आफ्नोतर्फ तान्न ब्याजदर बढाएका हुन् ।