पोखरा विमानस्थलको काम ८४ प्रतिशत
गोरखापत्र अनलाइन
आश्विन १४, २०७८ बिहीबार
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम ८४ प्रतिशत सकिएको छ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीले विमानस्थल निर्माणको काम हालसम्म ८४ प्रतिशत सकिएको बताउनुभयो । उहाँका अनुसार विमानस्थलको पेरिफेरी रोडको ७० प्रतिशत र विमानस्थल वरिपरिको नाला निर्माण कार्य ९० प्रतिशत सम्पन्न भएको छ ।
विमानस्थलको काममध्ये टर्मिनल एटीसी टावर, ह्याङ्गरलगायतका १४ वटा...