नेप्सेमा उच्च अङ्कको गिरावट, कारोबार रकम समेट घट्यो
गोरखापत्र अनलाइन
आश्विन ११, २०७८ सोमबार
आइतबार जस्तै आज पनि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उच्च अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज ७३.०५ अङ्कले ओरालो लागेर दुई हजार ६८५.४१ मा ओर्लिएको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १२.९४ अङ्कले घटेर ५०६.३३ मा ओर्लिएको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २२७ कम्पनीको एक करोड चार लाख ७८ हजार ६८ कित्ता शेयर रु पाँच अर्ब...