नियन्त्रणमा लिइएका ट्रक विभाग पठाइयो
गोरखापत्र अनलाइन
चैत्र ११, २०७८ शुक्रबार
राजस्व अनुसन्धान प्रादेशिक कार्यालय, इटहरीले नियन्त्रणमा लिएको सामानसहितका दुईवटा लहरी ट्रक आवश्यक छानबिनका लागि काठमाडौँ पठाएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट कम भन्सार तिरेर भिœयाइएका ना. ७ ख ५८३ र प्र १ ०२ ०० १ ख ९५२७ नम्बरको दुईवटा ट्रक सामानसहित सोमबार अपराह्न नियन्त्रणमा लिई राजस्व अनुसन्धान प्रादेशिक कार्यालयको परिसरमा राखिएको थियो । सो कार्यालयका प्रमुख अनुसन्धान अधिकृत तीर्थराज खनालले नियन्त्रणमा...