तातोपानी भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, निर्यात शून्य
रासस
चैत्र ८, २०७८ मंगलवार
चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट यस आर्थिक वर्षको माघ मसान्तसम्म लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । माघ मसान्तसम्म दुई अर्ब चार करोड रुपियाँ राजस्व सङ्कलन भएको तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत नारद गौतमले बताउनुभयो । ८२ करोड ६४ लाख रुपियाँ लक्ष्य रहेकामा यो लक्ष्यको २४७.१७ प्रतिशत हो ।